खेलकुदमन्त्री चौधरीले भनेः समाज परिवर्तन गर्ने राजनीति गर्नुपर्छ
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताएका छन् ।ललितपुरमा आइतवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताए । उनले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गरे । उनले डिजिटलाइजका कारण बिस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरू हट्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको बताए । “विद्यार्थीलाई खेलकुदमा जोड्न सक्नुभएन भने, विद्यार्थीलाई त्यसमा कुदाउन, उफार्न नसके पढाई कमजोर हुन्छ । विद्यार्थीकालमा नै उसलाई लिडरसिप बढाउने हो । उसलाई त्यो बेलामा राजनीति सिकाउने होइन । अब हामीले सत्ता परिवर्तन गर्ने राजनीति होइन, हामी समाज परिवर्तन, विकासको राजनीति चाहेका छाैँ,” उनले भने ।