१४ मंसिर २०८१, शुक्रबार

श्रम आप्रवासन नीतिको मस्यौदा सरकारलाई हस्तान्तरण

प्रकाशित मिति :  11 August, 2024 6:23 pm


काठमाडाैँ । श्रम विज्ञ डा.गणेश गुरूङको संयोजकत्वमा गठित विज्ञ समितिले नौ महिनामापछि श्रम आप्रवासन नीतिको मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।

आइतवार समितिले मन्त्रालयमा एक कार्यक्रमकाबिच श्रम आप्रवासन नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई हस्तान्तरण गरेको हो । नौ महिनाअघि सरकारले सामाजिक सुरक्षा, रोजगारीको अवसर लगायतका विषयमा अध्ययन गरी श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन विज्ञ समिति गठन गरेको थियो ।

श्रम मन्त्रीलाई मस्यौदा हस्तान्तरण गर्दै संयोजक गुरुङले नेपालको २०७८ को जनगणनाबाट आएको जनसंख्याको तथ्याङ्क खेलाएर नीतिको मस्यौदा बनाएको बताए ।

उनले नयाँ पञ्चवर्षीय योजनाअनुरुप रहेर नीतिको मस्यौदा बनाएको बताए । संयोजक गुरुङले वैदेशिक रोजगारीको क्षेत्र परिवर्तन भइरहेकाले नीति बनाउनुपर्ने अवस्था सिर्जना भएको बताए । उनले श्रम आप्रवासन नीति बनाउँदा सातै प्रदेशमा गएर सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर मस्यौदा तयार पारिएको उल्लेख गरे ।

उनले नीतिमा सबैलाई समेट्न नसकिने भन्दै समितिले ६ नीति १४ रणनीति र ११३ वटा कार्यनीति ल्याउन आग्रह गरेको बताए । उनले ६ नीति मध्येमा श्रम आप्रवासनको व्यवस्थापनमा सुशासन कायम गर्ने रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !