११ कार्तिक २०८१, आइतबार

एकसाथ आधा दर्जन बढी तिज गीत सार्वजनिक

प्रकाशित मिति :  12 August, 2024 6:41 am


काठमाडौँ। एकसाथ आधा दर्जन बढी तिज गीत सार्वजनिक भएका छन् ।

आईतवार काठमाडौंको राष्ट्रिय नाचघरमा यस बर्ष बजारमा आएका मौलिक आधा दर्जन बढी तिज गीत सार्वजनिक भएका हुन्। कार्यक्रममा सामुहिक विमोचनसँगै विकृतिजन्य गीतहरको बारेमा पनि अन्तरक्रिया गरिएको थियो ।

सारी लरक्कै, बाबाको आँगनीमा, फेरि आयो तिजै, चेलीलाई माईती, कालो कपाल पारेर फरर लगायतका गीतहरु एकसाथ विमोचन भएका हुन् । सो अवसरमा गीतका सर्जक, एवं गायक गायिकाहरुले आफ्नो आफ्नो धारणा प्रश्तुत गरेका थिए ।

नेपाली लोक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रचार प्रसार गरौँ, शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार र पत्रकार हकहितको सुनश्चित गरौँ भन्ने नारासहित राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गीतहरुको सामुहिक विमोचन भएको हो । यस वर्ष हरितालिक तिज भदौ २१ गते परेको छ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !