१३ मंसिर २०८१, बिहिबार

हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँः उपप्रमुख डंगोल

प्रकाशित मिति :  12 August, 2024 2:00 pm


काठमाडाैँ ।काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न म्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह\पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुपर्ने बताइन् ।

उनले युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरुको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने बताइन् । उनले साझा मूल्यहरुलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्ने बताइन् ।

उपमेयर डंगोलले आफूले सोचेको जस्तो भविष्य बनाउन सबै एकजुट भइ देश विकासमा लाग्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !