३ आश्विन २०८१, बिहिबार

पुरा होला दाङको चार लेन सपना ?

चालु आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने तयारीे
प्रकाशित मिति :  12 August, 2024 8:58 pm


दाङ । घोराही–तुलसीपुर सडकखण्डमा चार लेन बनाउन नयाँ ठेक्का गरिने भएको छ । यसअघि लामो समय अलपत्र परेको उक्त सडक अब नेपाल सरकारकै लगानीमा निर्माण हुने गरी नयाँ ठेक्का गर्न थालिएको नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले जानकारी दिए ।

चालु आर्थिक वर्षभित्र ठेक्का गर्ने गरी अर्थ मन्त्रालयले प्रक्रिया सुरू गरेको महासचिव पोख्रेलले जानकारी दिए । उक्त सडकसहित दाङका अन्य विकास निर्माणका विषयमा महासचिव पोख्रेलले आज अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, अर्थसचिव, भौतिक मन्त्रालयका सचिव तथा मन्त्रालयका कर्मचारीहरूसँग छलफल गरेका छन् । यो सडकसँगै लमही–घोराही सडकखण्ड पनि चार लेन विस्तार गर्नेगरी प्रक्रिया सुरू गरिएको महासचिव पोख्रेलले जानकारी दिए ।

त्यसैगरी, एम.सी.सी. परियोजनाअन्तर्गत् दाङ खण्डमा पनि आठ लेन बनाउनका लागि प्रक्रिया अघि बढाउने महासचिव पोख्रेलले जानकारी दिए । यसअघि गरिएको डिजाइनलाई सुधार गरेर आठ लेन बनाउन आग्रह गरिएको पोख्रेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !