गगन थापाले भने: प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको छ
काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको काम कारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् । प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको महामन्त्री थापाको टिप्पणी थियो । उनले मन्त्रीहरूलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने बताए । उनले कामको आधारमा मन्त्रीहरूको प्रशंसा र आलोचना दुवै गर्ने पनि बताए ।
उनले मन्त्रीहरूलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव दिए । सरकारका मन्त्रीहरुलाई काम गर्नका लागि आफूले सदा साथ दिने महामन्त्री थापाले प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, “गलत गर्नुभयो भने हामी आलोचना पनि गर्छाैँ । यो २४ महिनामा एक महिना गयो । आफ्नो मन्त्रालयमा २४ महिना भित्र के गर्ने भनेर योजना बनाउनैपर्छ ।”
महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरुले समय व्यतित गरेको आफूले बुझेको उल्लेख गर्दै अब काममा तिब्रता दिनुपर्ने बताए ।