१३ मंसिर २०८१, बिहिबार

सडक व्यवस्थित गरेर मात्रै यातायात सञ्चालन गर्न सरकारसँग दाउन्नेवासीको माग

प्रकाशित मिति :  13 August, 2024 3:26 pm


काठमाडाैँ । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएपनि दिगो रूपमा सञ्चालन हुनेगरी निर्माण गर्न सरकारसँग स्थानीयवासीले माग गरेका छन् ।

सोमवार राति सडक भासिएसँगै पूर्व—पश्चिम राजमार्गको यातायात आवागमन बन्द भएको थियो । भासिएको सडक मर्मत गरेर यातायात सुचारु गरेपनि त्यसले आगामी दिनमा क्षति गर्नसक्ने भन्दै स्थानीयहरुले क्षति नहुने गरी सडक मर्मत गर्न सरकारसँग आग्रह गरेका छन् ।

पूर्व—पश्चिमको लाइफ लाइनका रूपमा रहेको यो सडक खण्ड बिग्रिए यात्रुहरु अलपत्र हने दाउन्नेवासी पवन लम्साल बताए । बिरामीहरूलाई सास्ती नदिन र जतिसक्दो छिटो बाटो मर्मत गरी २४ सै घण्टा सुचारु हुने वातावरण बनाइदिन आग्रह गरे ।सरकारले नागरिकलाई सहज हुनेगरी बनाउन र लापरवाही गरेर बस्न नहुने बताए ।

अर्की स्थानीयवासी सम्झना सुवेदीले सरकारले अहिले सामान्य मर्मत गरेर मात्रै यातायात सञ्चालन गरेको भए पनि व्यवस्थित रुपमा सडक बनाइ सञ्चालन गरिदिए स्थानीयवासी खुशी हुने बताए ।

नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो । अहिले आंशिक रुपमा शतर्कताकासाथ सडक सञ्चलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !