१३ मंसिर २०८१, बिहिबार
उपनिर्वाचनकाे तयारी

देशभर स्थानीय तहमा ३४ पद रिक्त, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

प्रकाशित मिति :  13 August, 2024 4:21 pm


काठमाडाैँ । देशभर स्थानीय तहमा ३४ पद रिक्त भएको छ ।

निर्वाचन आयोगका अनुसार वि.सं. २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ पद रिक्त भएको हो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम यसरी रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा भनेको छ,“गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको छ ।”

मतदाता नामावली दर्ता तथा अध्यावधिक

निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचनको तयारी गरिरहेको भन्दै मतदाता नामावली नाम दर्ता तथा अद्यावधिक गर्न आग्रह गरेको छ ।

निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आयोगले भनेको छ,“ नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मतदाधिकार सुनिश्चित गर्न तथा यस कार्यमा आवश्यक सहयोगका लागि आयोग सबैमा आग्रह गर्दछ ।”

विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएर उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरेको छ ।

स्थानीय तह र रिक्त रहेका पद :



प्रतिक्रिया दिनुहोस !