१३ मंसिर २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले भनेः एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्छौं

प्रकाशित मिति :  13 August, 2024 4:43 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताएका छन् ।

मंगलवार काठमाडाैँमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उनले बालबालिकाहरू अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताएका हुन् ।

उनले बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने बताउँदै उनीहरूको रेखदेख, सन्तुलित आहार दिने, स्याहारसम्भार गर्ने, उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने कर्तव्य राज्यको भएको दाबी गरे ।

“बालबालिकालाई सडकमा अलपत्र भएको हामी हेर्न सक्दैनौँ । त्यसकारण तिनीहरूको रेखदेख, तिनीलाई सन्तुलित आहार दिने, तिनीहरूको स्याहारसम्भार गर्ने, तिनीहरुलाई स्नेह दिने, तिनीहरूको उन्नतिप्रगतिका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध गर्ने र अन्य अवसर पनि उपलब्ध गराउने हो । शारीरिक, मानसिक अवसरहरु उपलब्ध गराउनु पर्छ । त्यो कुरामा हामी ध्यान दिन्छौँ,” उनले भने ।

प्रधानमन्त्री ओलीले वर्षमा ५ लाख रोजगारी आवश्यक पर्ने बताउँदै युवाहरूलाई उद्यमशिलतामा विकास गर्नुपर्ने जरुरी रहेको र सरकारले गहन रूपमा सोचिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !