सत्य निरुपण विधेयक प्रतिनिधि सभामा पेस
प्रकाशित मिति : 13 August, 2024 5:58 pm
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश प्रतिनिधि सभामा पेस भएको छ ।
मंगलवारको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले प्रतिवेदन सभामा प्रस्तुत गरेकी हुन् ।
बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै उनले विधेयक पारित गर्ने अवस्थासम्म सबै एक ठाउँमा उभिए जसरी नै पारित गरी कार्यान्वयन गर्नेसम्म एकै ठाउँमा उभिनुपर्ने बताइन् ।
उनले सबै राजनीतिक दलहरु एक ठाउँमा उभिए आगमी दिनमा आइपर्ने जस्तोसुकै चुनौति पनि सामना गर्न सकिने बताइन् ।