१७ कार्तिक २०८१, शनिबार

नारायणघाट–बुटवल सडकखण्ड पुन: अवरुद्ध

प्रकाशित मिति :  14 August, 2024 8:31 am


काठमाडौँ । मंगलबार राति वर्षासँगै आएको पहिरोले पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

मङ्गलबार राति लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम भइरहेको बेला पहिरो झरेपछि सडक आज बिहानदेखि पुन अवरुद्ध भएको हो ।

सोमबार साँझ ५ बजे भासिएको सडक मर्मतको काम मंगलबार नसकिए पनि एकतर्फी सडक सञ्चालन गरेर सवारी छोडिएको थियो । बुधवार बिहान ५ बजेदेखि लेदोसहितको पहिरो झरेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !