१३ मंसिर २०८१, बिहिबार

आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छः सभापति लामिछाने

प्रकाशित मिति :  14 August, 2024 4:46 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले संक्रमणकालिन न्याय निरुपणको गाँठा फुकाउनेगरी कानून बनेपनि कानून आफैँले न्याय नदिने उल्लेख गरे । उनले न्याय दिनका लागि संरचना चाहिने भन्दै उनले संरचनामा रहने व्यक्तिको नियत सफा रहनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक स्वार्थका आधारमा दलिय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्याय सुनिश्चित गर्न नसकिने बताए । आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गराउन सके राम्रो हुने धारणा राखे । उनले राजनीतिक नियुक्ति भएर आउने महान्यायाधिवक्ताले आयोमार्फत रायको लागि आउने घटनामा दलिय स्वार्थ राख्ने सम्भावना हुने भएकाले यसप्रति सचेत हुनुपर्ने बताए ।

सभापति लामिछानेले देशभित्र टुंगिएका मुद्दामा अन्तर्राष्ट्रिय प्रश्न नउठ्ने परिस्थिति बनाउनुपर्ने बताए । उनले संक्रमणकालिन न्याय निरुपणमा रास्वपाको सकारात्मक सहयोग हुने भन्दै संसदको चौथो शक्तिको रूपमा रास्वपाको उपस्थितिप्रति नजरअन्दाज नगर्न पनि दलहरूलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !