१३ मंसिर २०८१, बिहिबार

प्रचण्डको चिन्ताः शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने बेला व्यवस्थामा नै संकट पर्ने हो की ?

प्रकाशित मिति :  14 August, 2024 4:48 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै उनले संविधान जारी हुँदासम्म राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अहिले पनि एक भएर अघि बढ्नुपर्ने बताएका हुन् । उनले संविधानको कार्यान्वयनमा एक हुन नसकेको बताए ।

उनले संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौति, जनताका असिमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा हुन नसकेको बताए । अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने बेला व्यवस्थामा नै संकट पर्नसक्ने चिन्ता व्यक्त गरे ।

अहिले समाजमा अराजकता फैल्याउने, सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको बताए ।

अध्यक्ष दाहालले संविधानको रक्षा जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढिकरणको लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताए । उनले अहिले पनि शहीद परिवारले न्याय पाइसकेको स्थिति नरहेको भन्दै बेपत्ता नागरिकका परिवार शान्तिले सुत्न नपाएको बताए ।



प्रतिक्रिया दिनुहोस !