१३ मंसिर २०८१, बिहिबार

लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग छः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  14 August, 2024 4:51 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीविरुद्धको प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन् ।

लोकतन्त्र विरुद्ध सामाजिक वन्धन, नैतिक वन्धन, इमानको वन्धनको वास्ता नगरेर चल्ने खालको केही प्रवृत्तिहरू मुलुकमा प्रकट भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने ? भन्ने बारेमा सरकार सचेत रहेको बताएका हुन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा मुलुकको समसामयिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उनले यस प्रवृत्तिलाई निस्तेज पार्न सरकार सजग रहेको बताए ।

प्रधानमन्त्री ओलीले केही वाञ्छित उपलब्धिहरू हासिल नभएको भन्दैमा ती विषयलाई अतिरञ्जनाका साथ प्रस्तुत गरेर प्रणालीकै विरुद्ध जाने खालको अभिव्यक्तिहरू सरकारका लागि सैह्य नहुने स्पष्ट पारे । उनले लोकतान्त्रिक प्रणाली विरुद्ध देखापरेका प्रवृत्तिबाट देशलाई मुक्त गराउने काममा सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई अपनाउने सम्बन्धमा राजनीतिक दलहरूबिच फरक मत नभएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !