१३ मंसिर २०८१, बिहिबार

शासन प्रणाली र नियामक निकायबिच सुधार गर्नुपर्ने धेरै विषय छन्ः अध्यक्ष दाहाल

प्रकाशित मिति :  15 August, 2024 1:17 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शासन प्रणाली र नियामक संरचनाहरूका बिचमा परिमार्जन गर्नुपर्ने विषयहरू धेरै रहेको बताएका छन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा बिहीवारको सिंहदरबारमा बोल्दै उनले यस्तो बताएका छन् । उनले शासन प्रणाली र नियामक संरचनाहरूका बिचमा आवश्यक विषय सुधार गरी अघि बढ्न जरुरी रहेको बताए ।

उनले सरकारी निर्णय गर्ने विषयमा कर्मचारीतन्त्र र अख्तियार अनुसन्धानसँग सम्बन्धित विषयमा निकै जटिलता र पेचिलो महशुस हुने गरेको बताए ।

उनले राज्य संरचनाका विभिन्न निकायका बिचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।उनले भ्रष्टाचार निवारणको कुरा कानूनी वा प्राविधिक विषय मात्रै नभएको भन्दै सामाजिक, सांस्कृतिक चेतनासँग सम्बन्धित रहेको बताए ।

अध्यक्ष दाहालले भ्रष्टाचारसँग सम्बन्धित हदम्यादको समय कति राख्ने वा राख्दै नराख्ने भन्नेकुरालाई गहन रुपमा छलफल गरेर टुंग्याउनुपर्ने बताए ।उनले आयोगले मुद्दा दर्ता गर्ने बित्तिकै पदबाट निलम्वन हुनेकुरा ठिक हो वा होइन भन्नेबारेमा पनि पर्याप्त छलफल हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !