११ कार्तिक २०८१, आइतबार

गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण होः मनोज गजुरेल

प्रकाशित मिति :  16 August, 2024 7:04 am


काठमाडौँ। हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण भएको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गाईजात्रा कलाकारहरुको आर्थिक उपार्जनको अवसर मात्रै नभइ नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण भएको बताएका हुन्।

गजुरेलले अहिले देशको आर्थिक अवस्था कमजोर भएकोमा चिन्तासमेत व्यक्त गरे ।

सो अवसरमा गजुरेलसहित कलाकार शैलेन्द्र शिम्खडा, सुवोध गौतमले गाईजात्रा विशेष प्रश्तुती प्रश्तुत गरेका थिए।

हरेक वर्ष गाईजात्राको अवसरमा सामाजिक, राजनीतिक, सांस्कृतिक बेथितिबिरुद्ध कलाकारहरुले व्यंग्य गर्ने गर्दछन् ।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !