२ माघ २०८१, बुधबार

शुक्रवार ६ संसदीय समितिको बैठक बस्दै, के के छन् छलफलका विषय?

प्रकाशित मिति :  16 August, 2024 8:41 am


काठमाडौँ। शुक्रवार पटक ६ वटा संसदीय समितिको बैठक छुट्टाछुट्टै कायूसूची अनुसार बस्दैछ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग छलफल हुने कार्यसूची रहेको छ।

बिहान ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक पनि बस्दैछ ।

सो बैठकमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थामा वैदेशिक रोजगार विभागबाट भएको अनुगमन तथा कारवाहीका सम्बन्धमा छलफल हुनुका साथै वैदेशिक रोजगार संस्थाहरूको नवीकरण प्रक्रिया तथा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निवेदन उपर छलफल हुने भएको छ।

बैठकमा श्रमसँग सम्बन्धित कानुन समसामयिक बनाउने सम्बन्धमा मन्त्रालयको तयारीका सम्बन्धमा छलफल र हवाई टिकट आपूर्तिमा भएको आर्थिक अनियमितताका सम्बन्धमा इपिएस मार्फत दक्षिण कोरिया जाने कामदारहरूबाट प्राप्त उजुरीमाथि छलफल हुने कार्यसूची रहको छ।

बिहान ११ बजे नै कानुन, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिसमेतको पनि बैठक बस्दैछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०–०८१ र बजेट वक्तव्य २०८०–०८१ मा व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयन अवस्था र उपलब्धिहरूका सम्बन्धमा मन्त्रालयसँग छलफल हुने भएको छ।

कानुको बैठकमा मा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ भने सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुने भएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ भने वैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस तथा प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ।



प्रतिक्रिया दिनुहोस !