१३ मंसिर २०८१, बिहिबार

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न आइजीपीलाई गृहमन्त्री लेखकको निर्देशन

प्रकाशित मिति :  16 August, 2024 9:50 am


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियो ।

ठक्कर दिने ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ।



प्रतिक्रिया दिनुहोस !