७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री ओली पत्नी राधिकाले बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउँदै, २ हजार पुस्तक राखिने

प्रकाशित मिति :  16 August, 2024 10:24 am


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गरेकी छिन् ।

प्रधानमन्त्री ओलीले सामजिक संजाल मार्फत बालुवाटारमा खाली रहेको पुस्तकालयको कोठाको प्रयोग गरी पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव पत्नी राधिकाले गरेको भन्दै सबैलाई सघाउन आग्रह गरेका छन् ।

१२ सय देखि २ हजारवटा पुस्तक अट्ने जानकारी दिँदै राधिकाले आउँदो भदौ १५ गतेका दिन पुस्तक दिवसको अवसरमा पिपुल्स लाइब्रेरीको स्थापना गरिने बताएकी छिन् ।

लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिने उनले जानकारी दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस !