मधेस मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता
प्रकाशित मिति : 16 August, 2024 4:02 pm
काठमाडाैँ ।मधेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मधेसका मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेको छ ।
पछिल्लो समय मधेसका मन्त्रालयहरूको कार्यक्रम तथा योजनाहरू समयमै सम्पन्न नहुने, बजेट अत्याधिक मात्रामा फ्रिज हुने लगायतका समस्या समाधान गर्ने उद्देश्यले सम्बन्धित मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरिएको हो ।
मन्त्रालयहरूको कार्य सम्पादन मजबुत बनाउन सम्बन्धित मन्त्रीहरुसँग सम्झौता गरिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए । मन्त्रालयका योजनाहरू कार्यान्वयनमा के कारणले र कसको कारणले ढिलाई वा समस्या भइरहेको छ ? भन्ने पत्ता लगाउन र सोको समाधान गर्न सहज हुने बताए ।