१३ मंसिर २०८१, बिहिबार

सहकारी संसदीय छानबिन विशेष समितिले दिपेश पुनसँग लियो बयान

प्रकाशित मिति :  16 August, 2024 4:51 pm


काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा मुछिएका दिपेश पुनसँग बयान लिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रूपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसँग बयान लिएको हो माओवादी केन्द्र निकटको विद्यार्थी संगठनका महासचिव समेत रहेका दिपेश पुन बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पूर्वसचिव हुन् ।

समितिले निरन्तररूपमा सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपितहरूसँग बयान लिइरहेको छ । यसअघि केही आरोपितलाई कारागारबाट झिकाएर समितिले बयान लिएको थियो ।

समितिका संयोजक सूर्य थापाले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिनको तथ्यमा पुग्नका लागि सबै पक्षसँग निरन्तर छलफल र बयान लिने काम भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !