११ कार्तिक २०८१, आइतबार

साहित्यबाट समाजमा योगदान दिएकाहरूलाई सम्मान गर्नुपर्छः उपप्रधानमन्त्री सिंह

प्रकाशित मिति :  16 August, 2024 6:04 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले साहित्य विधाबाट समाजमा योगदान दिएकाहरूलाई सम्मान गर्नुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोईरालाको ९६ औं जन्मजयन्ती तथा ३१ औं स्मृति सभा एवं कुलचन्द्र कोईराला राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

उनले साहित्यमा योगदान गर्नेहरुलाई राज्यले पनि स्मरण गरी सम्मान गरिरहेको बताए । उनले समाजलाई योगदान दिनेहरू सबैलाई सम्मान गर्न जान्नुपर्ने बताए ।

“साहित्यमा उहाँहरूले जति योगदान दिनुभएको छ । हाम्रो त केही छँदै छैन । तर कुरा के हो भने समाजलाई जसले जसले योगदान गरेको छ, उहाँहरूलाई त हामीले सम्मान गर्नुपर्छ । सम्मानित गर्न जान्नुपर्छ । साहित्यिक क्षेत्रबाट समाजलाई धेरै नै योगदान गर्न सकिन्छ,” उनले भने ।

उपप्रधानमन्त्री सिंहले साहित्यिक क्षेत्रबाट समाजलाई धेरै योगदान गर्न सकिने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !