सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने, गण्डकी र बागमतीमा भारी वर्षाको सम्भावना
प्रकाशित मिति : 17 August, 2024 7:06 am
माठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ ।
शनिवार बिहानीपख बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ सहित हल्कादेखि मध्ययम वर्षा भइरहेको ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा सातै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शनिवार बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन अनुरोध गरिरएको छ।