२ माघ २०८१, बुधबार

उपमहासचिव शर्माले पार्टी फुटाउँदैछ भन्ने भ्रम चिरियोः पुष्पकमल दाहाल

प्रकाशित मिति :  18 August, 2024 7:34 am


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताए ।

पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भएपनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर पनि गरे ।

अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाउँदै उपमहासचिव शर्मासँग आफूबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको दाबी गरे।

तर त्यो सम्बन्धले पार्टीलाई एकतावद्ध बनाउन मद्दत पु¥याएको अध्यक्ष दाहालको निष्कर्ष थियो । उनले पार्टी स्थायी समिति बैठकले पनि उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने कुराको भ्रमलाई खारेज गरिदिएको बताए।

अध्यक्ष दाहालले भने, “माओवादी पार्टीलाई टुटाउन त प्रतिक्रियावादीहरु लागि नै रहन्छन् । कहीँन कहीँ आशंकाको तुवालो थियो । स्थायी समिति बैठकको समापनसम्म आउँदा म तपाईहरुलाई बडो गर्वका साथ भन्नसक्छु–त्यो तुवाँलो हटेको छ । पार्टी फुटको भ्रम चिरिएको छ । र प्रतिक्रियावादी षड्यन्त्रलाई स्थायी समिति बैठकले खारेज गरेको छ । प्रभाकरले पार्टी फुटाउँदैछ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ ।”

अध्यक्ष दाहालले पार्टीभित्र खुला छलफल गर्न दिने सोचअनुसार आफूले पछिल्ला बैठकहरु सञ्चालन गरेको बताए ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !