१३ मंसिर २०८१, बिहिबार

परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

प्रकाशित मिति :  18 August, 2024 11:03 am


काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदै छिन् । भारतका विदेशमन्त्री डा.एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनले यो औपचारिक भ्रमण गर्न लागेकी हुन् ।

भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन् । दुई देशबिचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबिच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ ।

मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !