काँग्रेस सांसद पुडासैनीले भनिन्: टिआरसी विधेयक कार्यान्वनमा जाँदा पीडितलाई झनै पीडा नहोस्
प्रकाशित मिति : 18 August, 2024 3:38 pm
काठमाडाैँ । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद विष्णुदेवी पुडासैनीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडितमैत्री हुनुपर्ने बताएकी छन् ।
आइतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले संसदबाट पारित भइ कार्यान्वयन जाँदा पीडितलाई झनै पीडा दिने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराइन् । उनले आफन्त गुमाएका, शारीरिक एवं मानसिक यातना भोगेका, घाइते एवं अपाङ्ग भएका घरबार, धन सम्पती गुमाएका सबैले न्यायको महशुस हुने परिस्थिति बन्ने वातावरण सिर्जना गर्न आग्रह गरिन्।
उनले पटक पटक भएका जनआन्दोलन एवं विद्रोहका कारण धनजनको क्षति पश्चात व्यवस्था परिवर्तन भएपनि त्यस्ता आन्दोलनले विद्रोहबाट प्रत्यक्ष रूपमा प्रभावित भएका नागरिकहरूको पीडामा भने मल्हम लगाउन नसकिएको उल्लेख गरिन्।