१३ मंसिर २०८१, बिहिबार

गृहसचिव अर्यालद्धारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण

प्रकाशित मिति :  18 August, 2024 6:50 pm


काठमाडौँ । गृहसचिव एकनारायण अर्यालले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण गरेर सुशासन कायम गरी चुस्त, दुरूस्त, सेवा प्रवाह गर्ने निर्देशन दिएका छन् ।

आज (आइतबार) जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण गरि अर्यालले छिटोछरितो सेवा प्रवाह गर्ने सम्बन्धमा निर्देशन दिएका हुन् । प्रहरी कर्मचारीहरूको वृत्तिविकास एवं क्षमता अभिवृद्धि गर्ने काममा गृह-मन्त्रालय क्रियाशील रहेको अर्यालले उल्लेख गरे ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक शालीग्राम शर्माले नेपाल सरकार तथा गृह मन्त्रालयबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई पूर्णरूपमा सम्पादन गर्न कटिबद्ध रहेको बतााए । कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !