१३ मंसिर २०८१, बिहिबार

एआईको प्रयोगबाट नक्कली भिडिओ बनाएको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति :  18 August, 2024 7:31 pm


काठमाडौँ । एआई को प्रयोगबाट विशिष्ट व्यक्तिहरूको नक्कली भिडिओ बनाएको आरोपमा एक जना पक्राउ परेका छन्। बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय रमेशबहादुर रावत पक्राउ परेका हुन्।

उनलाई साइबर ब्युरोको प्राविधिक टोलीले साउन ३२ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो।

उनले एआईको दुरूपयोग गरी विशिष्ट व्यक्तिहरूको चरित्रमा निर्मम आघात पुर्‍याउने तथा कपोकल्पित भ्रामक श्रश्य दृश्य सामग्री तयार गरेको आरोपमा पक्राउ गरिएको साइबर ब्युरोको प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

उनीविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को कसूर अनुसार काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !