१३ मंसिर २०८१, बिहिबार

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गर्न देवालयमा भक्तजनको घुँइचो

प्रकाशित मिति :  19 August, 2024 8:03 am


काठमाडौँ। आज जनैपूर्णिय (ऋषि तर्पणी) । रक्षा बन्धन धारणा गर्न देशभरका देवालय, नदी तथा तलाउहरुमा भक्तजनहरुको घुइँचो बढ्न थालेको छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन वैदिक सनातन धर्मावलम्बीका लागि विशेष महत्वपूर्ण दिनका रुपमा मनाइन्छ। सरकारले सोमवार सार्वजनिक बिदा दिएको छ ।

देवालयमा गएर पुरोहितबाट वा यजमानकोघरघरमा पुगेर पनि पुरोहितले रक्षाबन्धन लगाइ दिने परम्परा रहेको छ ।

विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ । ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ मन्त्रोत्चराण गर्दै रक्षाबन्धन बाँधिन्छ ।

रक्षाबन्धनका दिन काठमाडौँको पशुपतिनाथ, वसन्तपुर, मैतिदेवी मन्दीर, बंग्लामुखी मन्दीर लगायतका मठमन्दिर र वाग्मती नदी किनार लगायत नदी किनारमा भक्तजनहरु बिहानैदेखि घुइँचो लाग्ने गरेकोछ ।

नेपालको तराई भेगमा आज दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउने गरिनछ । यद्यपी राखी बाँध्ने प्रचलन काठमाडौँ लगायतका सहरहरुमासमेत विस्तार भइसकेको छ ।

नेवारी समुदायले आजको दिनलाई क्वाति पुन्हीः का रुपमा मनाउने प्रचलन छ । नेपालमा आजको दिनमा टुसा उमारिएका क्वाँटी खाने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !