११ कार्तिक २०८१, आइतबार

विश्व फोटो पत्रकारिता दिवसः पाटनमा फोटो प्रदर्शनी

प्रकाशित मिति :  19 August, 2024 2:23 pm


काठमाडाैँ । राष्ट्रिय फोटो पत्रकार समूहले नेपालमा अवस्थित हिमालका तस्बिरहरू प्रदर्शन गरेको छ ।

सोमवार ललितपुरको पाटन दरबार स्क्वायरमा समूहको २७ वर्ष पुगेको अवसरमा आजदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो । फोटो पत्रकार समूहले हरेक वर्ष विश्व फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी लगायत विविध कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।

फोटो प्रदर्शनी भने तीन वर्षअघिबाट मात्रै सुरू गरेको र त्यसकै निरन्तरता स्वरुप प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए । उनले जलवायु परिवर्तनले विश्वमा पारेको प्रभावसँगै हिमालहरूमा परेको अवसरको जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको बताए ।

उनले फोटो प्रदर्शनीमा ४० फोटो पत्रकाहरूले खिचेका ५५ वटा हिमालका फोटाहरू राखिएको बताए । अध्यक्ष पन्तले विगतको तुलनामा अहिले फोटा खिच्नको लागि पत्रकारहरुलाई सहज अवस्था नभएको बताए ।

अध्यक्ष पन्तले फोटो पत्रकारिता व्यवसायको क्षमता विकास गरी नेपालका ऐतिहासिक फोटोहरूकाे माध्यमबाट विश्वलाई चिनाउँदै फोटोमार्फत पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !