गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४० हजार ९९ पुग्यो
प्रकाशित मिति : 19 August, 2024 4:48 pm
काठमाडाैँ ।गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४० हजार ९९ पुगेको गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
अक्टोबर २०२३ मा प्यालेस्टाइन–इजरायली द्वन्द्व सुरू भएदेखि गत २४ घण्टामा इजरायली सेनाले २५ जनाको ज्यान लिएको छ भने अन्य ७२ जना घाइते भएका छन् । जसमा कुल मृत्यु हुनेको संख्या ४० हजार ९९ पुगेको छ र घाइतेको संख्या ९२ हजार ६०९ पुगेको छ ।
धेरै पीडितहरू भग्नावशेषमुनि र सडकहरूमा पुरिएको बताइएको छ । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरू गरेको थियो ।