३१ भाद्र २०८१, सोमबार

सञ्चार संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउनेगरी काम गर्दैछौँः मन्त्री गुरुङ

प्रकाशित मिति :  19 August, 2024 5:16 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरूमा नीतिगत स्पष्टता ल्याउने बताएका छन् ।

सोमवार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा बोल्दै मन्त्री गुरुङले सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरूमा नीतिगत स्पष्टता ल्याउनेगरी सरकारले काम गरिरहेको बताएका हुन्। उनले सञ्चार संस्थाहरु पुरानो ऐन अनुसार चलिरहेका भन्दै ऐनलाई समयानुकुल बनाइने बताए । उनले सञ्चार मन्त्रालयमा नीतिगत रुपमा व्यवस्थित काम हुन नसकेको भन्दै आफूले मन्त्रालयको नीतिगत कामलाई व्यवस्थित बनाउने बताए ।

उनले सञ्चार संस्थाहरूलाई नीति, ऐन, कानून तथा नियमावलीहरुमा स्पष्ट पार्दै आवश्यक परे पुनःसंरचना पनि गर्ने बताए । मन्त्री गुरुङले जनताको सूचनाको हकलाई चुस्त, दुरुस्त, व्यवस्थित र वैज्ञानिक बनाउने बताए । मन्त्री गुरुङले सूचनाको हकलाई अझ व्यवस्थित ढंगले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !