१३ मंसिर २०८१, बिहिबार

सिन्धुपाल्चोकमा सुक्खा पहिरोले इन्द्रावती नदी थुनियो

प्रकाशित मिति :  19 August, 2024 6:06 pm


काठमाडौं । सिन्धुपाल्चोकमा सुक्खा पहिरो झरेका कारण इन्द्रावती नदी थुनिएको छ । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ स्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट सुक्खा पहिरो खस्दा इन्द्रावती नदी थुनिएको हो ।

सुक्खा पहिरोका कारण त्यस क्षेत्रका स्थानीय जोखिममा परेको छ । जोखिममा परेका स्थानीयहरू र अस्पतालका सामग्रीहरू अहिले सुरक्षित स्थानमा लैजाँदै गरिएको छ ।

नदी थुनिएको र एक्कासी खोलिएमा बाढी आउन सक्ने हुँदा पाँचपोखरी, थाङपाल, मेलम्ची, इन्द्रावतीलगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !