८ मंसिर २०८१, शनिबार

आज पनि सातै प्रदेशमा मध्यम वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीमा भारी वर्षा हुने

प्रकाशित मिति :  20 August, 2024 7:06 am


काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव जारी छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।

मंगलवार बिहानीपख मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा समेत भैरहेको छ ।

आगामी २४ घण्टामा सातै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले सचेत रहन अनुरोध गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !