९ मंसिर २०८१, आइतबार
प्रदेश सरकार

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

प्रकाशित मिति :  20 August, 2024 10:45 am


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।

आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् । नेकपा एमालेका सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलका उपनेता थिए। गत बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलका नेतासमेत चयन गरिसकेको छ ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन्। यी दुई दल मात्रै भए पनि सरकार बनाउन बहुमत पुग्छ। ११ वटा दल क्रियाशील रहेको लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन्।

मुख्यमन्त्री आचार्यलाई सात वटा दलका सांसदले मत दिएका खण्डमा दुई तिहाइ समर्थन प्राप्त हुन सक्ने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !