७ मंसिर २०८१, शुक्रबार

स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिकामा पुस्तकालय स्थापना,७ सय पुस्तकहरू उपलब्ध हुने

प्रकाशित मिति :  20 August, 2024 12:13 pm


काठमाडौँ । विश्व हिन्दु युवा संघ स्याङ्जाले अर्जुन चौपारी गाउँपालिकाको कार्यालय भित्र पुस्तकालय स्थापना गरेको छ। गाउँपालिकाको विशेष सहयोगमा विश्व हिन्दु युवा संघको पहलमा पुस्तकालय स्थापना गरिएको हो।

युवा पुस्तालाई सनातन धर्म संस्कृतिको महत्त्व र गरिमा बुझाउन र पठन संस्कृतिको विकास गर्न पुस्तकालय स्थापना गरिएको संघका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।

संघले सनातन धर्म संस्कृतिको संरक्षण गर्न र पूर्वीय धर्म संस्कृति र दर्शनको प्रचारप्रसार गर्न जिल्लाका हरेक पालिकामा आध्यात्मिक ,सनातन धर्म संस्कृतिका पुस्तकहरूसहितको पुस्तकालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिइरहेको छ। पुस्तकालयमा चार वेद,निर्णय सिन्धु,धर्म सिन्धु, गिता,विश्व इतिहास,नेपाली इतिहास,बाल साहित्य, कथा,उपन्यास लगायतका पुस्तकहरू राखिएका छन्। पुस्तकालयमा करिब ७ सय पुस्तकहरू उपलब्ध छन्।

सबै पुस्ताका पाठकको रूचीलाई मध्यनजर गर्दै पुस्तकालयमा नेपाली, संस्कृत र अंग्रेजी भाषाका उपयोगी र महत्त्वपूर्ण किताबहरू राखिएका छन्। पुस्तकालय आइतबार देखि शुक्रबारसम्म कार्यालय समयमा खुला रहने र यसको व्यवस्थापन गाउँपालिकाले नै गर्ने अध्यक्ष पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !