देशमा दुराचार व्याप्त छ, जनताले राजा खाजेको छन्ः काली बाबा
काठमाडाैँ । गुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताएका छन् ।
मंगलवार भारत जानुअघि काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले युवा,युवतीहरूले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो ? भन्दै प्रश्न गरे। उनले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको बताए । उनले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताए ।
“पहिला एउटा मात्रै अभिभावक हुँदा जनताहरू एक फाँको सातु खाएर बस्थे । तर आज यो राष्ट्रमा यस्तो अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको छ । यो नेपाली जनताले सहन सकेका छैनन् । नेपाल राष्ट्र जर्जर भएको छ,” उनले भने ।
नेताहरूले नेपालाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने बताए । उनले आफूले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको पनि बताए ।