शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस्ः शेखर कोइराला
काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा.शेखर काेइरालाले नेपालको शिक्षा महंगो भएको बताएका छन् ।
मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताए ।
उनले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे ।उनले शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने बताए । उनले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
“मलाई केही चिन्ता लागेको छ । हामीले संविधानमा बडा सजिलो गरी लेखिदिन सजिलो रहेछ । शिक्षा र स्वास्थ्यलाई निःशुल्क भन्यौँ । एजुकेशन यस्तो महंगो भइसकेको छ, त्यसको प्राइज कसरी घटाउने हो रु मानिस अब पढ्नै नजाने अवस्था भइसक्यो । सरकारी क्याम्पसहरुमा पनि विषयअनुसार पैसा छैन भने पढ्नै नसक्ने अवस्था छ,” उनले भने ।
नेता कोइरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताए ।