१२ मंसिर २०८१, बुधबार

प्रतिनिधि सभाका सदस्यबिचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधनः महासचिव पोखरेल

प्रकाशित मिति :  20 August, 2024 5:13 pm


काठमाडाैँ ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरूभित्रको असमानता हटाउन नेपाली काँग्रेस र नेकपा एमालेबिच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताएकी छन् ।

मंगलवार काठमाडौँमा स्व.प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव जितेकाले क वर्ग र समानुपातिबाट चयन भएका सांसदले ख वर्गको ठान्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताए ।

उनले यसमा नेकपा (माओवादी केन्द्र), मधेसवादी दलहरुले असहमति प्रकट गर्न नसक्ने बताए । उनले इतिहासका विभिन्न चक्र र कालखण्डमा विचलित हुँदा विचारको नेतृत्व गर्नेहरुले नै सही बाटो देखाएको स्मरण पनि गरे । उनले अहिलेको सन्दर्भमा समावेशिताको आधारमा बनाएको संविधानमा चुनाव प्रणालीमा असमानता रहेको बताए ।

महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबिच भएको सहमति तत्कालै बाहिर नल्याउनुको कारण नेकपा (माओवादी केन्द्र) लाई पनि राष्ट्रिय सहमतिको सरकारमा जोडिनका लागि रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !