१३ मंसिर २०८१, बिहिबार

नेतृत्व तहलाई शक्ति बस्नेतको आग्रहः नराम्रा कामको पनि जिम्मेवारी लिऔँ

प्रकाशित मिति :  20 August, 2024 6:09 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै कामहरू गर्न बाँकी रहेको बताएका छन् ।

मंगलवार काठमाडौँमा स्व.प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका सबै अपेक्षा पूरा गर्न तत्काल नसके पनि जिम्मेवारी बोध गर्न बिर्सन नहुने बताएका हुन्। उनले राम्रा कामको श्रेय लिएझैँ असफल कामको जिम्मेवारी पनि नेतृत्व तहले लिन सक्नुपर्ने बताए ।

उनले जनताका थुप्रै आवश्यकता, अपेक्षा र आकंक्षाहरु पूरा गर्न बाँकी रहेको भन्दै कतिपय अपेक्षा राजनीतिक नेतृत्वको सानो प्रयासले मात्रै सफल हुने किसिमका रहेको बताए ।

उपमहासचिव बस्नेतले व्यवस्था बदलिए पनि समग्र आर्थिक, सामाजिक अवस्था बदलिन नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !