संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौंः देउवा
काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।
लोकतन्त्रप्रति प्रतिवद्ध काँग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमती सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाइ थियो ।
मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठूलो दुई पार्टी बिचको संविधान संशोधन गर्ने सहमतीलाई अन्य दलहरूले आफ्नो खिलाफको रूपमा लिन नहुने पनि बताए ।
सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमती भए आफूहरूले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढन तयार रहेको बताए ।
सभापति देउवाले दुई ठूला पार्टीबीचको सहमतीमा आउनु मुलुकका लागि आवश्यक रहेको पनि बताए ।