२७ भाद्र २०८१, बिहिबार
समाचार प्रभाव

पूर्व मुख्यमन्त्री गिरीले फिर्ता गरे सुविधाको गाडी

पूर्व मुख्यमन्त्री र सभामुख नियम विपरीत सेवासुविधा मुद्दा
प्रकाशित मिति :  20 August, 2024 6:51 pm


देउखुरी । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरीले सरकारबाट लिइरहेको सुविधाको गाडी फिर्ता गरेका छन् ।

मंगलवार अपरान्ह लु १ झ ७५३ नम्बरकाे स्कर्पियो फिर्ता लिन गिरीले प्रदेशसभा सचिवालयलाई अनुरोध गरेका थिए। गिरीले अनुरोध गरे लगत्तै प्रदेशसभा सचिवालयले चालक नहकुल क्षेत्रीमार्फत् लिइएको जनाएको जनाएको छ।

लुम्बिनीसञ्चारडटकमले मंगलवार लुम्बिनीका पूर्व मुख्यमन्त्री र सभामुखले नियम विपरीत सरकारी सुविधा लिँदै शीर्षकको समाचार प्रकाशन गरेको थियो ।

गिरीले प्रदेश सभासचिवलाई सम्बोधन गरेर मंगलवार सवारी साधन फिर्ता गरेको जनाएका छन्। निवर्तमान मुख्यमन्त्री र दलको नेताका रुपमा एउटा मात्र गाडि मंगलवारको मितिदेखि लागु हुने गरी फिर्ता गरिएको जनाएका छन्।

गिरीले कनुन विपरित सरकारी सेवा सुविधाको दुरुपयोग नगरेको स्पष्टोक्ती पनि दिएका छन् । प्रदेशसभालाई लेखिएको पत्रमा भनिएको छ, “निवर्तमान मुख्यमन्त्री र दलको नेताका रुपमा रहँदा कहिल्यै र कहीँकतैबाट पनि दोहोरो र कानुन विपरितको सेवा सुविधा नलिएकोसमेत स्पष्ट पार्दछु ।”

याे पनि,



प्रतिक्रिया दिनुहोस !