१३ मंसिर २०८१, बिहिबार

प्रहरीहरू समाजका सम्मान व्यक्त गर्न लायक व्यक्ति हुनुहुन्छः शाक्य

प्रकाशित मिति :  20 August, 2024 6:33 pm


काठमाडौँ । प्रथम महिला राधिका शाक्यले नेपाल प्रहरीमा सम्मान गर्न लायक व्यक्तिहरू भएको बताएकी छन् । मंगलवार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रथम महिला शाक्यले चौबिसै घण्टा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मान व्यक्त गर्न लायक व्यक्तिहरू भएको बताएकी हुन्।

उनले प्रहरी श्रीमानहरूलाई अगाडी बढाउनका लागि श्रीमतीहरुको पनि महत्वपूर्ण योगदान भएको विश्वास व्यक्त गरिन् । उनले महिला प्रहरीहरूलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुने भन्दै आपसमा सहयोग आदान–प्रदान गर्न आग्रह गरिन् ।

उनले भनिन्,”अहिले त महिला प्रहरीहरु पनि धेरै हुनुहुन्छ । अझ महिला प्रहरीहरुलाई त कार्यक्षेत्रमा श्रीमानको सहयोग बिना खट्न अवश्य पनि गाह्रो हुन्छ होला । तसर्थ श्रीमान् प्रहरीमा भएपनि, श्रीमती प्रहरीमा भएपनि एकले अर्कोलाई आ–आफ्नो भावना बुझेर, राष्ट्रको ड्युटीलाई बुझेर संयमताशका साथ, धैर्यताका साथ आ–आफ्नो परिवार शान्तिपूर्वक अगाडी बढाउन सकोस भन्ने शुभकामना दिन चाहन्छु ।”

उनले नेपाल प्रहरी श्रीमती संघलाई प्रहरी जवानहरूको श्रीमतीहरूलाई पनि संगठित गरेर अगाडी बढ्न सुझाव दिइन् ।



प्रतिक्रिया दिनुहोस !