१३ मंसिर २०८१, बिहिबार

वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

प्रकाशित मिति :  21 August, 2024 8:43 am


सांकेतिक फाेटाे

कर्णाली । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

गएरातिदेखि भइरहेको अविरल वर्षासँगै खसेको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो जाँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् ।

अहिले बन्द सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो सडक गर्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !