त्रिभुवन विश्वविद्यालयमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षाको व्यवस्था प्रबन्ध गर्न गृहमन्त्रीसँग माग गरेकी छन्।
त्रिभुवन विश्वविद्यालयमा विश्वविद्यालयका पदाधिकारीमा आक्रणम प्रयास भएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिएको बताउँदै मन्त्री भट्टराईले त्यहाँ सुरक्षाको प्रबन्ध गर्न माग गरेकी हुन्।
“सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसंग जोडदार माग गर्दछु”, एक्समा मन्त्री भट्टराईले लेखेकी छन् ।
त्रिभुवन विश्वविद्यालयमा केहि दिन देखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरु लाइ फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको बताउँदै त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि ब्यबस्थित प्रबन्ध गर्न गृहमन्त्री सँग माग गरेकी छन् ।