१३ मंसिर २०८१, बिहिबार

इनार सफा गर्ने क्रममा दाङको तुलसीपुरमा दुई जनाको मृत्यु

प्रकाशित मिति :  21 August, 2024 12:19 pm


काठमाडौँ । दाङमा इनार सफा गर्न गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनीहरू बुधबार बिहान साढे १० बजेतिर दमारगाउँकै दुर्गा विकको इनार सफा गर्न भन्दै भित्र प्रवेश गरेका थिए । बाहिर निस्कन नसकी निसासिएको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तलुसीपुरबाट खटिएको टोलीले उनीहरूलाई इनारबाट निकालेको थियो ।

उनीहरूको उद्धारपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । त्यहाँ पुर्‍याउनासाथ दुवै जनालाई बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।



प्रतिक्रिया दिनुहोस !