३१ भाद्र २०८१, सोमबार

पाकिस्तानी संसद्मा मुसा आतंक: शिकार गर्न बिरालोलाई रोजगारी

प्रकाशित मिति :  21 August, 2024 3:30 pm


काटमाडौं । अस्थिर राजनीतिकाे चपेटामा पर्ने पाकिस्तानकाे अर्थतन्त्र पनि खास लयमा छैन् । सरकार र सांसदहरूलाई राजनीतिक अस्थिरता, मुद्रास्फीति, बढ्दो जातीय तनाव, बढ्दो आतंकवाद वा आर्थिक विपत्तिसँगसँगै मुसा आतंकको पनि सामना गर्नुपर्ने अवस्था आएको छ।

मुसा आतंक कम गराउन पाकिस्तानी संसदले रणनीतिका साथ मुसाको खतरासँग लड्न १.२ मिलियन पाकिस्तानी रुपैँया बजेट विनियोजन समेत गरेको छ।

पाकिस्तानको द एक्सप्रेस ट्रिब्यूनका अनुसार क्यापिटल डेभलपमेन्ट अथोरिटी (सीडीए) ले यो काम गर्न ‘विशेष शिकारी बिरालाहरू’ प्रयोग गर्ने भएको छ। सञ्चारमाध्यमका अनुसार संसद भवनमा मुसाको चहलपहल ह्वात्तै बढेको छ ।

राष्ट्रिय सभाका प्रवक्ता जफर सुल्तानले बीबीसीलाई भनेका छन्, “यस भुइँमा रहेका मुसाहरू यति ठूला छन् कि बिरालाहरू पनि उनीहरूसँग डराउँछन्।”

पाकिस्तानको संसदमा वर्षौंदेखि सरसफाइको अभाव प्रमुख मुद्दा बनेको छ। सन् २०२२ मा इस्लामावाद प्रशासनले खानामा साङ्लो भेटिएपछि संसद भवनका दुई क्याफेटेरियालाई सिल गर्ने आदेश दिएको थियो। यसअघि सन् २०१४ मा हाउसको क्याफेटेरियामा केचपको बोतलभित्र एउटा साङ्लो भेटिएको थियो ।

-ऐजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस !