२७ भाद्र २०८१, बिहिबार

भैँसीको आक्रमणबाट बाघ मृत्यु

प्रकाशित मिति :  22 August, 2024 8:17 am


हेटौँडा । मकवानपुरको मनहरिमा भैँसीको आक्रमणले बाघको मृत्यु भएको छ ।

बिहीबार बिहान सवा ३ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको हो। राईको गोठमा भैंसीलाई आक्रमण गर्दा बाघ आफै आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राईको गोठमा भैँसी घाइते फेला परेको थियो भने बाघ मृत अवस्थामा भेटिएको थियो । बाघ बूढो भएको कारण भैंसीको आक्रमणबाट मृत्यु भएको देखिएको प्रहरीको भनाई छ ।

बाघ बुढो र कमजोर भएपछि अरु बाघसँग प्रतिष्पर्धा गर्न नसकेपछि बस्ती पसेको हुन सक्ने चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । मृत्यु भएको बाघलाई पोष्टमर्टमका लागि चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगेको छ ।



प्रतिक्रिया दिनुहोस !