१७ कार्तिक २०८१, शनिबार

राष्ट्रियसभा बैठक बस्दै

प्रकाशित मिति :  22 August, 2024 9:12 am


काठमाडौँ । आज बिहिबार पनि राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनेछ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मन्त्री चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ दफावार छलफलका लागि प्रस्तुत गर्दै पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !