११ कार्तिक २०८१, आइतबार

अभिनेता विपिन कार्कीलाई मातृशोक

प्रकाशित मिति :  22 August, 2024 11:01 am


काठमाडौं । कलाकार विपीन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो ।

उनकाे ४ दिन अघि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र आज बिहान निधन भएको पारिवारिक स्रोतले बताएको छ । फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या भएपछि उनलाई भदौ २ गते पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । विपिनकी आमा मोरङमा बस्दै आएकी थिइन् । विरामी भएपछि उनलाई उपचारका लागि विपिनले फिल्म ‘महाजात्रा’ रिलिजको समयमा काठमाडौं ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस !